Loading...

सत्तारुढ दलले आगामि आईतवार संबिधान संसोधन प्रस्ताव दर्ता गर्दै

काठमाण्डौ ,१० मंसिर ।

प्रतिपक्षी दल एमालेको सहमती बिनै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनको विधेयक आगामि आइतबार संसदमा दर्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दुई दलको बैठकले दुई दलबीच आन्तरिक छलफल गरि मस्यौदालाई अन्तिम रुप दिएर आईतवार संविधान संशोधनको विधेयक दर्ता गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात ब्यवस्थामन्त्री रमेश लेखकले बताउनु भयो ।

बिहान करिब ३ घण्टा भएको छलफलमा संशोधनका बिषयहरु सीमाङ्कन, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व तथा भाषाबारे छलफल भएको थियो ।
तर संघीय प्रदेशको सीमाकंन बदल्ने विषयमा काग्रेस माओवादी भित्र समेत अन्तरविरोध रहेकोले त्यसलाई हल गर्न आन्तरिक छलफल गरेरमात्र मस्यौदाबारे संयुक्त धारणा बनाउने निर्णय भएको उहाले बताउनुभयो ।

सरकारले आज नै संशोधन प्रस्ताव दर्ता गर्ने जनाएको थियो । तर दुई दलबीचको सहमतिसँगै आईतबारसम्मका लागि सरेको हो । दुई दलबीचको आन्तरिक छलफल पछि आईतबार बस्ने मन्त्रीपरिषद् बैठकले मस्यौदा अनुमोदन गर्ने जनाईएको छ ।

यस्तै आजको बैठकमा संविधान संशोधनमा सम्पूर्ण दलको सहमति खोज्ने प्रयासलाई निरन्तरता दिने बिषयमा पनि छलफल भएको थियो ।

एमालेले भने संविधान संशोधनमा सहयोग नगर्ने स्पष्ट पारिसकेको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा सहित कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागीता थियो ।

यसअघि प्रधानमन्त्री दाहालले आजै राप्रपाका पार्टी अध्यक्ष कमल थापासँग पनि भेटवार्ता गर्नुभएको छ ।

बिहान बालुवाटारमा भएके भेटमा राप्रपा अध्यक्ष थापालाई संविधान संशोधन प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...