Loading...

सरकार उल्टो खोलो बगाउन खोज्दैछ : ओली

कास्की , १० मंसिर ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार संविधान कार्यान्वयनका लागि चुनाव गराउन तर्फ नभएर विवाद झिकेर मुलुकलाई द्धन्दतर्फ धकेल्न उद्दत रहेको आरोप लगाउनु भएको छ ।

पोखरा विमानस्थलमा आज सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संबिधान संसोधन लगायतका कुरा गरेर सरकारले देशलाई अप्ठयारोमा पार्न खोजेको बताउनु भयो । समस्या समाधानतर्फ भन्दा अनावश्यक विवाद निकालेर देशलाई अप्ठयारोमा पार्न खोजिएको उहाको भनाई थियो ।

संविधान संशोधन किन र केका लागि भन्ने नै स्पष्ठ नभएको भन्दै उहाले अमुख पात्रलाई खुसी पार्न संविधान संशोधन नहुने दोर्होयाउनु भयो । निर्वाचन गर्नुपर्ने बेलामा सरकारले उल्टो र चटके कुरा गरेर देशलाई अप्ठयारोमा पार्न खोजेको ओलीको आरोप छ ।

अहिलेसम्म निर्वाचन सम्बन्धी कानून बनाउन समेत ध्यान नदिएको भन्दै उहाले तोकिएको मितिमा निर्वाचन नभए देश गम्भिर संकटमा फस्ने धारणा राख्नुभयो । सरकारले गर्नु पर्नेकाम छाडेर उल्टो खोलो बगाउछु भन्दै हिडेको उहाको तर्क छ ।

हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल भएको जनाउदै ओलीले तर आ–आफनै एजेण्डा राख्नेबाहेक उपलब्धिपूर्ण नरहेको बताउनु भयो ।
संबिधान संशोधन गरेर प्रदेश नम्बर ५ लाई विभाजन गर्ने काम न्यायसंगत नहुने भन्दै ओलीले कसैको स्वार्थको लागि प्रदेश नम्बर ५ र ४ को सीमा फेरबदल हुन नसक्ने बताउनु भयो ।
कसैको स्वार्थको लागि जनताको भावनाविपरीत काम गर्न एमालेले नदिने भन्दै उहाले संविधान संशोधनको विधेयक दर्ता भएपनि पारित नहुने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...