Loading...

५ नंम्बर प्रदेशलाई टुक्राउन नपाइने भन्दै रोल्पामा प्रदर्शन

यमन दनुवार

रोल्पा १० मंसिर।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई छुट्याउन नहुने भन्दै रोल्पामा विरोध प्रदर्शन भएको छ । आज बिहान युवा तथा विद्यार्थीहरुले विरोध र्याली निकालेर सदरमुकाम लिवाङ बजार परिक्रमा गरेका हुन् ।

पाँच नम्बर प्रदेशबाट रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मी तथा चार नम्बर प्रदेशबाट बाग्लुङलाई छुट्याएर सरकारले आठौं प्रदेश बनाउन प्रस्ताव गरेको छ ।

प्रस्तावको सर्बत्र विरोध भइरहेका बेला उनीहरुले ५ नम्बर प्रदेश टुक्राउन पाइँदैन, संघियता मर्मविपरितका हर्कत बन्द गर, हाम्रा माग सम्बोधन गर लगायतका नारा लगाउदै विरोध गरेका हुन ।

यस्तै पाँच नम्बर प्रदेश टुक्राउन लागेको विरोधमा नेपाल पत्रकार महासंघ रोल्पाले आज नै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...