Loading...

माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दै

काठमाडौ १० मंसिर ।  

संविधान संशोधन विधेयकमा प्रतिपक्षी एमालले सहयोग नगर्ने जनाएपछि भावी रणनितिबारे छलफल गर्न सत्ता नेतृत्कर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ ।

प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा दिउँसो एक बजेपछि बस्ने बैठकमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न हुन सक्ने अवस्थाबारे छलफल हुने नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

सिमांकन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधत्व, भाषासहित चार विषय समेटी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको अन्तिम तयारी गरेको छ । आजको बैठकले प्रस्तावमाथि आधिकारीक धारणा समेत तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

दलहरुबीच भएको छलफल र संशोधनका सम्बन्धमा उत्पन्न पछिल्लो अवस्थाबारे प्रधानमन्त्री दाहालले बैठकमा ब्रिफिङ गर्नुहुनेछ । यस्तै भोलीबाट सुरु हुने पार्टी पोलिटब्युरो बैठकको तयारी र एजेन्डाबारेपनि बैठकमा छलफल हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...