Loading...

संविधान संशोधन प्रस्तावलाई अन्तिम रुपम दिन मन्त्री परिषद् बैठक बस्दै

काठमाडौं, १० मंसिर । 

मन्त्री परिषद्को बैठक आज बस्दैछ । अपरान्ह तीन बजेपछि सिंहदरबारमा बस्ने बैठकमा मधेसी मोर्चाको माग संबोधनका लागि सरकारले गर्ने भनिएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल हुनेछ ।

संविधान संशोधनको औचित्य पुष्टी हुन नसकेको भन्दै प्रतिपक्षी दल नेकपा एमाले प्रस्तावको विपक्षमा उभिएपछि सरकार एकलौटी रुपमा भएपनि संशोधन प्रस्ताव संसदमा दर्ता गराउने तयारीमा छ ।

आजको बैठकले संशोधन प्रस्ताव सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि हिजै मन्त्रीपरिषद्को नियमित बैठक बस्नुपर्नेमा एमालेसँग अन्तिम छलफल गर्नका लागि बैठक आजका लागि सारिएको हो ।

मन्त्री परिषद बैठकबाट अनुमोदन भएसँगै प्रस्ताव आजै संसद सचिवालयमा दर्ता गर्ने सत्तारुढ दलको तयारी छ । संसदमा प्रस्ताव दर्ता भइसकेपछि पनि एमालेसँग सहमतिको पहल जारी रहने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...