Loading...

लैङगीक हिंसा विरुद्धको १६ दिवसीय अभियान आज देखि सुरु हुदै

काठमाडौं, मंसिर १०।
लैङ्गीक हिंसा विरुद्धको १६ दिवसीय अभियान आज देखि सुरु हुदैछ । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान आज बाट मनाउन लागिएको हो ।

यो दिवस हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालय सहित विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्ने छन् ।
लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुवात गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।

राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष भवानी घिमिरेले घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतनामूलक कार्यक्रमहरु गर्नु पर्ने भन्दै महिलाविरुद्ध हिंसा गर्नेलाई कानुनी कारबाही गर्न राज्य संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...