Loading...

युरोपा लिगमा म्यानचेस्टर युनाईटेड विजयी

एजेन्सी, मंसिर १० ।
युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । म्यानचेस्टर युनाईटेडले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४–० ले पराजित गरेको हो ।

खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा, वायन रुनी र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । फेयनुर्डका गोलरक्षक जोन्सले एक आत्माघाती गोल गरेपछि म्यान्चेस्टर युनाईटेड ४–० ले विजयी भएको हो ।

यो जितसँगै म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अर्को चरण नजिक पुगेको छ । उता साउथह्याम्प्टनले भने अर्को चरणमा पुग्ने अवसर खेर फालेको छ ।

चेक गणतन्त्रको स्पार्टा प्रागसँग १–० ले पराजित भएपछि साउथह्याम्पटनले अर्काे चरणमा प्रवेश गर्ने अवसर गुमाएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...