Loading...

सरकारले स्थानिय निकायको निर्वाचन टार्न खाजेको ओलीको आरोप

काठमाण्डौ ,९ मंसिर ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलीले सरकारले स्थानिय निकायको निर्वाचनको सामान्य तयारी समेत गर्न नसकेकाले चुनाव हुनेमा आशंका उब्जिएको बताउनु भएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा एमालको भातृ संगठनहरु युवा संघ र अनेरास्वबियुले आयोजना गरेको संविधान कार्यान्वयन र संसोधनको प्रश्न बिषयक बिचार गोष्ठीमा बोल्दै प्रचण्ड नेतृउत्वको सरकार निर्वाच नगराउने खेलमा लागेको आरोप लगाउनु भयो ।
निर्वाच सम्बिन्धि कानुन समेत ल्याउन नसकेको र निर्वाचन क्षेत्र निर्धारण आयोग जस्ता महत्वपूर्ण काम नै नगरेको भन्दै उहाले आफहरुले संबिधान संसोधनको कुरा गरेर निर्वाचनलाई पछि धकेल्ने प्रयास भईरहेको बताउनु भयो ।

मुलुकका लागी अहिल तिनै तहको निर्वाचन गर्नु प्रमुख आवश्यत्ता रहेकाले संसोधनको कुरा छाडेर त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो ।
पटक पटक माओवादी केन्द्रिका अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा पुगेपनि मुलुको विकास र जनहितका कार्य खास हुन नसकेको पनि आरोप लगाउनु भयो ।

आफु नेतृत्वको सरकारले मुलुकमा उत्पन्न संकट , मधेश आन्दोलन र भारतीय नाकाबन्दी जस्ता जटिल समस्यालाई पार लगाउने तर्फ महत्वपूर्ण काम गरेको भन्दै ओलीले प्रचण्ड सरकारले भने जनतालाई छल्ने मात्रै काम गरेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...