Loading...

राप्रपाले संबिधान संसोधनमार्फ हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने

काठमाडौं, मंसिर ९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिले संविधान मा नै समावेश गराएर नेपाललाई हिन्दू राष्ट्र कायम गर्न पहल गर्ने निर्णय गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीचको एकतापछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले नेपाल हिन्दु राज्य हुनपर्ने निश्कर्ष निकाल्दै त्यसका लागी पहल ष्र्ने निर्णय ष्रेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले संविधान संशोधन मार्फत नै हिन्दु राष्ट्र कायम गराउने पहल गर्ने बताउनु भयो । अध्यक्ष थापाले संविधान संशोधनको सन्दर्भमा राप्रपालाई सत्ता साझेदारको रुपमा ब्यवहार नगरिएको भन्दै आक्रोस पनि पोख्नुभयो ।
दुई दिनसम्म चलेको बैठकले संबैधानिक राजतन्त्र र गणतन्त्रको विषयमा पार्टीको आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय पनि गरेको उहाले बताउनु भयो ।
राप्रपा नेपाल संबैधानिक राजतन्त्र र राप्रपा गणतन्त्रको पक्षमा रहेपनि एकीकरण पछि हिन्दु राष्ट्रको पक्षमा एक भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...