Loading...

प्रचण्ड सरकारले मधेशको माग संबोधन गर्ने तयारी

यमन दनुवार

उदयपुर,मंसिर ९ ।

संघीय समाजबादी फोरम नेपालको बरिष्ठ नेता अशोक राईले संबिधानजारी भएको १ बर्ष बिति सकेको र संबिधानजारी ताहा पार्टी आन्दोलन मै भएको हुँदा असन्तुष्ट पंक्षहरुको माग संम्बोधन हुन नसकेको बताउनु भयो ।
पार्टी कार्यालय उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले असन्तुष्ट दलहरुको मागलाई संम्बोधनगरिनु पर्ने बताउनु भयो ।
उहाले आदिबासी जनजाति, दलित ,महिला, मधेशी,मुस्लिम थारुहरुको उचित मागहरु संबोधन हुन नसकेकोले मधेशमा आन्दोलन भएको बताउनु भयो । ”
पत्रकार संम्मेलनमा नेता राईले राष्ट्रिय एकता सुरक्षितहुनु पर्ने,सर्वोस्वीकार्य संबिधानबनाउनु पर्ने,संघीय गठबन्धन आन्दोलनमधेशमाजारी नै भएकोले अन्तरिम संबिधानको नागरिकता,राज्यपुनःसंरचनाआयोगले तयार पारेको १० संघीय संरचना र मधेशमादुईवटा प्रदेश बनाईने बताउनु भयो ।
सरकारलाई दिएको अल्टिमेटमको समय गुज्रिन सातादिनमात्रबाँकी रहेको छ । यही सातादिनभित्रमधेशी संघीय गठबन्धनको मागअनुरुप सरकारले संबिधान संशोधनगर्ने बाताबरण तयार गरिरहेको समेत जानकारी दिनु भयो ।
तर एमाले पार्टीले संबिधान संशोधनमाअबरोध खडा पैदा गरेको समेत आरोप लगाउनु भयो । संबिधानजारी यताबाट मधेशको जायजमागहरु केही संशोधन समेत भईसेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...