Loading...

सिन्धुलीमा ४०० मिटर लामो पक्की पुल बन्ने

सिन्धुलि ,९ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलिको कपिलाकोट र कल्पबृक्ष जोड्ने पक्की पुलको निर्माणको काम निर्धारित समयभन्दा अगावै सम्पन्न गर्न सम्वन्धित पक्षलाई निर्देशन दिनुभएके छ ।

सिन्धुलि पुग्नुभएका प्रधानमन्त्री दाहालले आज सो पुलको शिलन्यास गर्दै कपिलाकोट र कल्पबृक्ष जोड्ने पुल नहुदा सो क्षेत्रका स्थानिय सधै जोखिम र कष्ठपूर्ण यात्रा गर्न बाध्य भएकोले लक्ष अगावै काम सक्ने गरि काम सुरु गर्न निर्देशन दिनुभएको हो ।

पुल निर्माणपछि स्थानिय जनतालाई सहजता हुनुका साथै आर्थिक जिवनस्तर उठाउन मद्दत पुग्ने उहाले वताउनुभयो ।साथै पुल निर्माणमा खटिने कामदारलाई कार्यकुसलताका आधारमा पुरस्कृत गरिने समेत उहाले घोषणा गर्नुभयो ।

४०० मिटर लामो कपिलाकोट र कल्पबृक्ष जोड्ने पक्की पुल नेपाल सरकारको ४३ करोड ५० लाख लागतमा निर्माण हुन लागेको हो । सो पुल ३ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस्तै आजै प्रधानमन्त्रीले सिन्धुलीको महादेवस्थानमा प्रस्तावित कृषि क्याम्पसको जग्गा स्थलगत निरिक्षण समेत गर्नुभएको थियो ।उहाले क्याम्पस स्थापनाका लागि आफुले पनि सहयोग गर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...