Loading...

विवादित जिल्लाबारे जनमत संग्रह गर्न गच्छदारको प्रस्ताव

विराटनगर ,मंसिर ८ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विवादित जिल्लाबारे जनमत संग्रह गर्न प्रस्ताव गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनता कुन प्रदेशमा बस्न चाहन्छन् भन्ने जान्न जनमत सङ्ग्रह गर्नु पर्ने बताउनुभयो ।

कैलाली कञ्चनपुर जिल्लाका साथै पाल्पा, प्युठान, रोल्पा र गुल्मीका जनताको पनि अभिमत लिनुपर्ने गच्छदारको जोड छ ।

ठूला दलका नेताहरु आफ्नै निर्णयमा टिक्न नसक्ने भन्दै उहाँले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...