Loading...

मलेसिया जाने नेपाली कामदार यसरी ठगिदैछन् , कार्वाहिको दायरामा ल्याउन निर्देशन

काठमाडौं, मंसिर ९ ।

व्यावस्थापिका संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया जाने कामदारबाट अवैध रुपमा रकम असुलि गर्ने कम्पनीमाथि कार्वाहि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

श्रम समितिले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि सहित सम्बिन्धित मन्त्रालयका सचिवलाई बोलाएर कामदारमाथि ‘वान स्टफ सेन्टर’ (ओएसी) र ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ (आईएससी)को नाममा ठगी हुने गरेको भन्दै संलग्न कम्पनीमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयको सहमती विपरित काटमाडौंस्थित मलेसिया दूतावासले भिसा प्रोसेसिङको लागि भन्दै एउटा कम्पनी खडा गरी ओएसीमार्फत् ३ हजार रुपैयाँ र मलेसिया जाने कामदारको ‘फिंगर प्रिन्ट’ गर्नको लागि आईएससीमार्फत् ३२ रुपैयाँ लिँदै आएको छ ।

बैठकमा गृहमन्त्री निधिले मलेसिया जाने नेपाली कामदार ठगिएको बिषय आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रधानमन्त्रीसँग छलफल गरि मलेसिया सरकारसँग वार्ता गन प्रतिबद्धता जनाउनु भयो ।

यस्तै परराष्ट्र सचिव शंकरदास वैरागीले यो विषयमा आफूहरुले नेपाली दूतावासमार्फत् मलेसिया सरकारलाई तीन पटकसम्म पत्र पठाएर धारणा माग्दा पनि प्रतिक्रिया नआएको जानकारी गराउनु भयो ।

नेपाली पक्षले सहमती नजनाएपनि ओएसी र आईएससी लागू गर्नुपूर्व मलेसीयाले कूटनीतिक नोटमार्फत् जानकारी गराएको पनि उहाले बताउनु भयो ।

श्रम सचिव लक्ष्मणप्रसाद मैनालीले ओएसी र आईएससीबाट अवैध रुपमा भइरहेको असुली रोक्ने अधिकार श्रम मन्त्रालयलाई नभएको बताउनु भयो ।

उहाले वैदेशिक रोजगार विभागले इजाजत दिएको कम्पनीको कामकारबाहीको अनुगमन गर्ने अधिकार भएपनि सिधै रकम उठाएर ठगि गरिरहेको बताउनु भयो ।

बैठकमा सदस्यहरुले नेपाल सरकारले गरेको अनुरोधलाई मलेसियाले नमाने कामदार पठाउन रोक्नुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...