Loading...

आईओएममा डीन नियुत्ति बिबाद सुल्झाउन ७ सदस्य समिति गठन

काठमाडौं ,मंसिर ९ ।

त्रिभुवन विश्वविद्यालयले आईओएममा डीन नियुत्तीको बिबाद अन्त्यका लागि त्रिविका वरिण्ठ चिकित्सक रमेशकान्त अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

आईओएमको डीन नियुत्तिको बिषय सधै बिबादित बन्ने र अर्को पक्ष आन्दोलनमा उत्रने परिपाटि बसेको भन्दै त्रिविले त्यसको अन्तयका लागी समिति गठन गरेको हो ।

समितिमा प्राध्यापक डाक्टर कुमुद काफ्ले, राकेश श्रीवास्तव, प्रकाश सायमी, मनोहर गुप्ता , त्रिवी योजना प्रमुख रिदीस पोख्रेल र अनुगमन प्रमुख विष्णु खनाल सदस्य रहनुभएको छ ।

गठित समितिलेचिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा डीन नियुत्तिका लागि स्पष्ट मापदण्ड तय गर्र्ने छ ।
समितिको प्रतिवेदन आएपछि डिन नियुत्तिको विवाद दीर्घकालिन समाधानको लागि काम अघि बढाईने त्रिवि उपकुलपति तिर्थ खनियाँले बताउनुभयो । समितिमा चिकित्सा क्षेत्रमा लामो समय काम गरिसकेका तथा विवादमा नमुछिएका व्यक्तिहरु रहेकाले समितिको सुझाब अनुरुप आगामी दिनमा डीन नियुत्त गर्ने गरि कार्ययोजना तयार हुने खनियाँले बताउनुभयो ।

प्राध्यापक डाक्टर गोविन्द केसी हाल आईओएमको डिनमा केशव प्रसाद सिंह नियुत्त भएपछि वरिष्ठतका आधारमा डीन नियुत्तिको माग गर्दै सिंहको नियुत्ति भएकै दिनदेखि अनशनमा बस्नुभएको छ । दशौ पटक अनशन सुरु गर्नुभएको डा केसिको १२ औ दिन आज स्वास्थ्य अवस्था झन बिग्रदै गएको चिकित्सकले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...