Loading...

रामेछापमा जीपमा आगलागी हुँदा एक जनाको मृत्यु

रामेछाप, मंसिर ९।
रामेछापमा बोलेरो जीपमा आगलागी हुँदा एक जनाको घटनास्थल मा नै मृत्यु भएको छ ।

आज बिहान सिन्धुलीबाट रामेछापको गाम्चाका लागि छुटेको मे १ ज २१ ८७ नम्बरको बोलेरो जीपमा आगलागी हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको हो ।

शव पूर्ण रुपमा जलेकाले मृत्यु भएकाको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल आसपासमा कोही पनि नभएकाले घटना कसरी घट्यो भन्ने थाहा नभएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलको टोली घटनास्थल तर्फ गएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...