Loading...

परराष्टमन्त्री महत र अष्टेलियाका विदेशमन्त्री जुलियाबीच भेटवार्ता

काठमान्डौ, मंसिर ९।
अष्टेलिया भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आज अष्ट्रेलियाका विदेशमन्त्री जुलिया विशपसँग औपचारिक भेटवार्ता गर्नु भएको छ ।

सिडनी स्थित विदेश मन्त्रालयमा आज विहान भएको भेटवार्तामा मन्त्री महतले नेपालमा लगानी अभिबृद्धि गरी सहयोग वृद्धि गर्न आग्रह गर्नु भएको थियो ।

साथै उहाँले अष्ट्रिेलिया आउने नेपालीलाई भिजा प्रक्रिया नेपाल बाटै मिलाई दिन आग्रह गर्नु भएको बैठकमा सहभागि जनसम्पर्क अष्टे«लियका कृष्ण गीरीले जानकारी दिनु भयो । सोही अवसरका मन्त्री महतले विशपलाई नेपाल भ्रमणको निमन्त्रणा समेत गर्नु भएको छ ।

भेटवार्ताका क्रममा मन्त्री विशपले मन्त्री महतले राखेको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताउदै यस विषयमा गम्भिर रुपमा छलफल गर्ने बताउनु भयो ।

मन्त्री विशपले भेटवार्ताका क्रममा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा पनि चासो राख्नु भएको बताइएको छ ।

यस्तै मन्त्री महतले आजै अन्तराष्ट्रिय विकास मन्त्री कन्सेटा फेरिभाटी लगायत अन्य भुतपूर्व मन्त्री तथा नेताहरुसँग औपचारिक भेटवाता गर्नु भएको छ ।

एनआरएनको आयोजनामा पर्सि देखि सिड्नीमा सुरु हुन लागेको नेपाल महोत्सवमा सहभागी हुन परराष्टमन्त्री महत हिजो त्यस तर्फ प्रस्थान गर्नृु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...