Loading...

रसुवागढि नाका अझै सञ्चालनमा आउन सकेन

रसुवा, मंसिर ९।
गत कात्तिक २९ गते देखि बन्द रहेको रसुवागढि नाका अझै सम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

भूकम्पले क्षति र्पुयाएको चीनको केरुङ सडक निमार्णका लागि वास्टीङ गर्नु पर्ने भएकाले सुरक्षाको लागि भन्दै चिनियाँ पक्षले चार दिन सम्म सवारी आवागमनमा रोक लगाएको थियो ।

तर सो नाकामा सवारी आवागमनमा रोक लगाएको एक साता वित्दा पनि अझै सम्म पनि सवारी सञ्चालनमा आउन सकेको छैन् । केरुङ सडक मर्मत कार्य अहिले सम्म पनि जारी रहेकाले चीन जान लागेका दुई सय भन्दा बढी कन्टेनर रसुवागढि नाकामा नै रोकिएका छन् ।

मर्मत कार्य निरन्तर भइरहेकाले चीनतर्फ जान लागेका मालवाहक कन्टेनर रसुवाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुमा लाइन लागेर बसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार चिनियाँ पक्षसँग सहकार्य गरेर काम रोकिएको बेलामा दैनिक रूपमा केही मालबाहक कन्टेनर चिनतर्फ पठाउने गरिएको छ । साँघुरो सडकमा मालवाहक कन्टेनर रोकेपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...