Loading...

योगले मानव जीवन स्वस्थ बनाउछ ः राष्ट्रपति

काठमान्डौ मंसिर ९।
राष्ट्रपति विद्यादेवी भण्डारीले योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको आवश्यकता रहेको बताउनु भएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्ने बताउनु भएको हो ।

योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने बताउनु भयो ।

आयुर्वेद र योग विज्ञानको अभ्यास तथा विकासले संयमता र स्वस्थ्य जीवनका लागि सहयोग गर्ने राष्टपति भण्डारीको भनाई थियो । उहाँले योग र आयुर्वेदको विकासमा योगदान गर्ने बाबा रामदेव र आचार्य बालकृष्णको प्रंसशा गर्नुभयो ।

पाँच दिनसम्म चल्ने योग शिविरमा वीरगञ्ज र सीमावर्ती भारतीय शहर रक्सौलबाट गरी १० हजार व्यक्तिको सहभागिता रहेको योग शिविरका आयोजकले जनाएको छ ।
सोही अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...