Loading...

साना दलद्धारा आफूहरुलाई पनि ठूला दल सहरको सुविधाको माग

काठमाडौं, मंसिर ९ ।
निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था नगर्न माग गर्र्दै २५ साना दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने साना दलहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।समानुपातिक निर्वाचन प्रणाली अपनाएकाले थ्रेस होल्ड राख्न आवश्यक नभएको उनीहरुको तर्क छ ।

उनीहरुले साना दलहरुलाई पनि ठूला दल सरह सेवा सुविधाको व्यवस्था गर्न माग गरेका छन् । हालै संसदबाट पास भएको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सेवा सुविधा सम्वन्धी विधेयकको पनि उनीहरुले विरोध गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले थ्रेस हटाउनेबारे आफ्नो ध्यानाकर्षण भएको र अन्य दलहरुसँग पनि यस विषयमा छलफल गर्ने आश्वासन दिनु भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...