Loading...

राप्रपाको बैठक आज पनि बोल्न बाँकी रहेका सदस्यले आफ्नो धारणा राख्दै

काठमान्डौ मंसिर ९ ।
हिजो देखि राजधानीमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज पनि जारी छ । पाटी एकीकरण पछि पहिलो पटक हिजोबाट राजधानीको एक पार्टी प्यालेसमा उद्घाटन भएको केन्द्रिय समितिको बैठक अहिले केहि वेरमा धुम्बारही स्थित पार्टी कार्यालयमा बस्ने छ ।

आगामी माघमा गर्ने भनिएको महाधिवेशनको कार्य विधी र एजेन्डाहरुको बारेमा छलफल गर्न भन्दै बोलाएको बैठकमा आज पनि बोल्न बाँकी रहेका सदस्य हरुले आफ्नो धारणा राख्ने छन् ।

सो बैठक परिचयात्मक भनिए तापनि बैठकमा सदस्यहरुले समसामायिक विषय वस्तुमा आफ्नो धारणा राखि रहेका छन् । यस्तै हिजो बोल्ने अधिकांश सदस्यहरुले संविधानको संंशोधन र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे तत्काल पार्टीको आधिकारीक धारणा बनाउन नेतृत्वलाई सुझाव दिएका थिए ।

उनीहरुले स्थानीय तहको निर्वाचनको मिति पनि यथासिघ्र घोषणा गर्न सरकारसंग माग समेत गरेका छन् । बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष कमल थापाले स्थानीय तहमा पार्टी एकिकरण गर्ने मार्ग्चित्र प्रस्तुत गर्दै आगामी मंसिर २५ गते भित्र जिल्ला र स्थानीय तहमा पार्टी एकता गरि सक्ने बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...