Loading...

स्तन क्यान्सरले पनि कालो महिला लाई नै रोज्ने !

बेलायतमा हालै गरिएको एक अध्ययनले महिलामा हुने ठूलो रोग स्तन क्यान्सर गोली महिलाको तुलनामा काली महिलाहरुमा झण्डै दुई गुणा बढी हुने गरेको देखाएको छ ।

युके क्यान्सर रिसर्च एण्ड ईग्लैण्ड पव्लिक हेल्थको नया अध्ययनले २५ प्रतिशत काली अमेरीकी र २२ प्रतिशत क्यारेबीयन महिलाहरुमा स्तन क्यान्सरको गंभीर विरामी भेटिएको देखाएको छ । जहा गोरी महिलाहरुको १३ प्रतिशत मात्रै यस्तो रोग फेला पारिएको थियो ।
स्तन क्यान्सरको लक्षण र स्क्रीनिङको बारेमा जागरुकता कम भएका कारणले क्यान्सर बढेको विज्ञहरुले बताएका छन् ।

युके क्यान्सर रिसर्चले महिलाहरुलाई मोमोग्राफी अर्थात स्तन क्यान्सरको परीक्षणका लागि आव्हान गर्दा कम संख्यामा काली महिलाहरु पुगेका थिए । अफ्रीका सहित विभिन्न देशका काली महिलाहरु स्तन क्यान्सरको लक्षण देखिए पनि श्वास्थ्य परीक्षण र उपचारको लागि कम जाने गरेको समेत देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...