Loading...

बिकट गाबिसलाई सदरमुकाम त्रियुगा नगरपालिकामा गाँभिएकोमा स्थानीय आन्दोलित

यमन दनुवार

उदयपुर,मंसिर ८ गते । उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकामा गाँभिएको भन्दै बिकट चारबटा गाबिसका स्थानीयबासीहरु आन्दोलित भएका छन् ।
सदमुकाम गाईघाटमा आज बुधबार चारवटै गाबिसका स्थानीयबासीहरु जिल्ला बिकास समिति आएका छन् । जिल्लाको आँपटार,साउने खाँबु र रौता गाबिसलाई त्रियुगा नगरपालिकामा गाँभिएको भन्दै आन्दोलन चर्काएको छ ।
यहाँका स्थानीयबासीहरुले बिकट गाबिसहरुलाई पनि नगरपालिकामा राखेको भन्दै जिल्ला आक्रोश ब्यक्त गर्दै बिरोध र्याली निकालीएको छ । स्थानीयबासीहरुको माग बिपरित जिल्ला पुनःसंरचना गरिएकोले छ । रौता, खाँबु ,साउने आँपटार चिलाउने,लाफागाउँ पोखरी र भुट्टार गरी ७ वटा गाबिसलाई मिलाएर प्रस्ताबित रौतामाई गाउँपालिका बनाइनु पर्ने स्थानीयको मागलाई जबरजस्ती नेताहरुको कुरालाई राज्य पुनरसंरचना सिफारिस गरेको बिरोधमा डेलिकेशन आएको छ ।

जिल्लामा चारवटा नगरपालिका र बाँकी चारवटा गाउँपालिकाको पुनःसंरचना गरि दलिय समहमती गरेर सिफारिस गरेको छ । जिल्लामा एक गाबिसलाई नियम बिपरीत टुक्राई फुटाई नगरपालिका र गाउँपालिकामा गाँभी पुनरसंंरचना गरेको भन्दै कटुन्जे बबलाका स्थानीयबासीहरु समेत एउटै संरचनामा बनाईनु पर्ने मागका साथ बिरोध लुलिएको छ ।

जिल्लमा त्रियुगा,कटारी नगरपालिका ,बेल्टारबसाहा र बेलका नगरपालिका रहेका छन् भने उदयपुरगढी रुपाटार, बारा र रौतामाई गरी चारवटा गाउँपालिकाको नामाकरण गरिएको छ । सिमाना गाबिसलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा गााभिउको र अपाएक पर्ने भन्दै सिमानामा फेरबदलगरि पायक पर्ने ठाउँमा पुनःसंरचना गरिनुपर्ने भन्दै स्थानीयहरु जिल्ला ब्यापी बिरोधमा उत्रिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...