Loading...

एमालेले राष्ट्रघातकाे अाराेप लगाउनकाे कारण प्रस्ट्याउनु पर्छ : पौडेल

काठमाणडाै , ८ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अंगिकृत नागरिकलार्इ राष्ट् प्रमुख र हिन्दी भाषाालार्इ राष्ट्रभाषा बनाउनलाइ संविधान संशोधन गर्न लागेकाे भन्नेकुरा गलत रहेकाे बताउनु भएकाे छ । उहाँले संबिधान संसोधनलाइ एमालेले राष्ट्रघातकाे अाराेप लगाएको भन्दै त्यसकोकारण दिन मागगर्नुभयो ।
नेपाली कांग्रेस महादेवस्थान गाउँ कार्यसमितिले कुन्तावेशीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाले अंगिकृत प्रमुख पदमा जाँने र हिन्दी राष्ट्रभाषा बन्नेकुरा गलत रहेकाेले संविधान संशोधनमा कुनै राष्ट्रघात नभएकाे बताउनु भयाे ।
उहाले संघीय कानुन वा प्रचलित कानून मध्ये एकका आधारमा नागरिकता वितरण हुने, जनसंख्याको एउटा न्युनतम अनुपात तोकिने र नेपाली भाषाका अलावा प्रदेशको एउटा उपभाषा हुने बताउनु भयाे ।
कांग्रेस र एमालेले यसअघि मधेशका बारेमा प्रस्तुत गरेको सीमांकनको अवधारणामा सहमति खोज्न मधेसी दलहरुले आग्रह गरेको भन्दै सीमांकनको विषयमा कुनै जटिलता नभएको तर्क गर्नु भयाे ।

यसमा तपाइको प्रतिक्रिया

Loading...