Loading...

तराइका जमिन्दार र सीमित नेतालाई खुसी पार्न संविधान संशोधन :एमाले

अर्घखािच मंसिर ८ ।

नेकपा एमालेले मधेसी नेतालाई चित्त बुझाएर सत्ता टिकाउने नाममा ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई तराइबाट अलग गर्न खाेजिए कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे छ ।

प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा बाेल्दै एमाले सचिव गोकर्ण विष्टलेसत्ताधारी दलले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई तराइबाट अलग गर्न खोज्ने षड्यन्त्र गरेकाे बताउनु भयाे ।

‘कुनै हालतमा  पाँच नम्बर प्रदेशलाई टुक्राउन निदने भन्दै उहाले टुक्राइए सशक्त प्रतिवाद र आन्दोलन गर्न बताउनुभयाे । गुल्मी, अर्घाखाँची र पाल्पा ५ नम्बर प्रदेशबाट अगल नहुने भन्दै विष्ठले संविधान सम्झौताको दस्तावेज भएकाले संशोधन गर्न मिल्ने भएपनि राष्ट्रिय हित विपरितको काम गर्न नदिने दावी गर्नुभयाे ।

उहाले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश भएमा एमालेले कडा विरोध गरेर प्रस्ताव पारित गर्न नदिने दावी गर्नुभयाे । ‘तराइका जमिन्दार र सीमित नेतालाई खुसी पार्न सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउँन लािगएकाे उहाकाे भनाइ थियाे ।

उहाले अहिलेको आवश्यकता संविधान संशोधन नभएर संविधानको कार्यन्यवन भएकाले संशोधन आवश्यक नरहेको बताउनु भयाे ।

 

यसमा तपाइको प्रतिक्रिया

Loading...