Loading...

इम्जा हिमतालको पानी निकासा गर्ने संरचनाको उद्घाटन

काठमाण्डौ ,८ मंसिर ।

विष्फोटको उच्च जोखिममा रहेको सोलुखुम्बुस्थित इम्जा हिमतालको पानि निकासाका लागी बनाईएको संरचनाको आज उद्घाटन गरिएको छ ।

वातावरणमन्त्री जयदेव जोशी र रक्षामन्त्री बालकृष्ण खाँडले संयुक्त रुपमा आज सो संरचनाको उद्घाटन गर्नुभएको हो । नेपाली सेनाका प्राविधिकले इम्जा हिमतालको पानीको जलसतह करिब साढे तीन मिटर तल झार्दै पानी निकासका लागि संरचना बनाएको थियो ।

यसअघि नै जल तथा मौसम विज्ञान विभागअन्तर्गत् सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विष्फोट जोखिम न्युनीकरण आयोजनाबाट हिमतालको पानीको सतह ३.४ मिटर तल झार्ने काम सम्पन्न भएको थियो ।

विश्व वातावरण कोष (जिएयफए) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाको इन्जिनियरिङ विभागका प्राविधिकले करिब ४ महिना लगाएर सतह घटाएको थियो ।

जलवायु परिवर्तनका हिसाबले अति कम विकसित राष्ट्र (एलडीससी) को राष्ट्रिय अनुकुलन कार्ययोजनाबाट प्राप्त हुने आर्थिक सहयोगमार्फत् हिमतालबाट निम्तिने जोखिम न्युन गर्न उक्त आयोजना सञ्चालन भएको थियो ।

सन् १९६० तिर सानो पोखरीको रुपमा देखिएको इम्जा अहिले बढेर १.२८ वर्ग्किलोमिटरमा फैलिएको छ भने तालमा ७ करोड ५२ लाख घनमिटर पानी छ । यसको गहिराई १५० मिटर छ ।
विभागका महानिर्देशक डा. ऋषीराम शर्माले हिमतालको पानीको सतह घटाई जोखिम न्युनीकरण गर्ने कार्यका लागि करिब ३१ करोड रुपैयाँ खर्च भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...