Loading...

मोर्चाको माग संबोधन नभए देशमा द्वन्द्व हुन्छ : यादव

सप्तरी ,मंसिर ८
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आफुहरुको माग सम्बोधन हुने गरि संविधान संशोधन नभए देशमा द्वन्द्व निम्तने चेतावनी दिनुभएको छ ।

सप्तरीको राजविराजमा आज सन्चारकर्मीसँग कुरा गर्दै मोर्चाके माग संबोधन नभए कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिनुभयो ।

उहाले संविधान संशोधनबारे भइरहेको छलफलबारे आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

उहाँले आफूले दलहरुबीच भईरहेको छलफलबारे सञ्चारमाध्यमबाटै जानकारी पाएको तर्क गर्नुभयो ।
मधेसी, आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाको सम्बोधन नगरी संशोधनका लागि मात्र संविधान संशोधन प्रस्ताव ल्याइनु निरर्थक हुने यादवले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...