Loading...

चिनिया उच्च नेता नेपाल आउनेमा ग्यारेन्टि दिन सक्दिन : होउ

काठमाण्डौ ,८ मंसिर ।
चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौडेल र चिनिया परराष्ट्र मन्त्रालयको दक्षिण एसिया विभागका उपमहानिर्देशक होउ याङ्छीबीच आज भेटवार्ता भएको छ ।
चिनिया परराष्ट्र मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको सांस्कृतिक सम्बन्ध र जनस्तरमा झाागिएको सम्बन्धसागै उच्चस्तरीय भ्रमणको आदानप्रदानका बिषयमा छलफल भएको छ ।
झन्डै डेढ घन्टा भएको भेटमा पौडेलले उच्च चिनियाा नेताको नेपाल भ्रमणलाई महत्वका साथ उठाउनु भएको नेपाली दूतावासका काउन्सिलर हरिश्चन्द्र घिमिरेले बताउनु भयो ।
जवाफमा होउले यस बारेमा चीन सकारात्मक रहेको तर उच्च चिनिया नेताको नेपाल भ्रमणलाई लिएर प्रतिबद्धता गर्न भने नसक्ने बताउनु भयो ।
साथै उहाले विगतमा भएका समझदारीहरुको कार्यान्वयन र विकासलाई जोड दिँदै अगाडि बढ्दा दुवै राष्ट्रलाई हित हुने बताउनु भयो ।
नेपालमा जुनसुकै सरकार भए पनि चीनले नेपाललाई दिने सहयोग निरन्तर रहने र नेपाललाई हेर्ने दृष्टिकोण समान रहेको कुरामा होउले जोड दिनुभएको थियो ।
होउले आगामी वर्ष सन् २०१७ लाई चिनियाँहरुका लागि नेपाल भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव गरेपछि राजदूत पौडेलले यससम्बन्धी विस्तृत कार्यक्रम बनाउने बताउनु भएको छ ।चिनियाँ राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नका लागि केही समय लाग्ने भएकाले ओहोदाको प्रमाणपत्रको प्रतिलिपि परराष्ट्र मन्त्रालयमा बुझाएपछि उनलाई राजदूतको हैसियतले काम गर्ने बाटो खुलेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...