Loading...

विदेशीको पैसामा एमालेले गर्दै छ राष्ट्रबादको प्रदर्शन :मन्त्री नायक

भक्तपुर , ८ मंसिर ।

कानुन मन्त्री अजय शंकर नायकले एमाले एनजीओ आइ एन जीओबाट चल्ने पार्टि भएकोले बिदेशीको पैसामा खोक्रो राष्ट्रवाद देखाउने गरेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै नायकले विदेशीको सहयोगमा राष्ट्रवादी मुहार प्रर्दशन गर्ने एमालेले वर्तमान जटिलताको समाधान निकाल्न नसक्ने बताउनु भयो ।

संबिधान कार्यान्वयन र स्थानिय निकायको निर्वाचन हुन नदिन एमालेले साड्यन्त्र गरेको भन्दै मन्त्री नायकले तर त्यसलाई सफल हुन नदिने बताउनु भयो ।

उहाले तोकिएकै मितिमा तीनै तहको निर्वाचन गराएर छाड्ने दाबी समेत गर्नुभयो । राजनीतिक दलहरुको ईच्छा शक्ति भएका खण्डमा दश दिन भित्रै निवार्चनका सवालका बिषय हल गर्न सकिने उहाको तर्क छ ।

नायकले अंगिकृत नागरिकलाई जसरी राष्ट्रका प्रमुख पदमा लैजाने बार।ेमा गलत हल्ला फैलिएको भन्दै त्यसको पछि नलाग्न पनि आग्रह गर्नुभयो । अंगिकृत नागरिकका बिषयमा समेत मधेशी जनता र राजनीतिक दलहरुसमेत असमहमत रहेको तर केही दलाल नेताहरु लागेको भए छलफल गरि निष्कृय पार्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै उहालेृ सिमांकनका बिषयमा जसरी असन्तुष्ट देखिएका छन् यो नै अन्तिम सिमांकनको आधार नभएको र बिज्ञहरुले दिएको सुझावलाई राजनीतिक दलहरुले आत्मसाथ गर्न नसक्दा वर्तमन अवस्था श्रृजना भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...