Loading...

स्थानीय तह पुनरसंरचनाको बिरोधमा दैलेखमा प्रदर्शन

काठमाडौ ८ मंसिर ।
स्थानीय तह पुनरसंरचनाका विषयमा असन्तुष्ट दैलेखको इलाका नम्बर ७ का ३ गाविसका बसिन्दाहरु आन्दोलनमा उत्रिएका छन् । कालभैरव, गौरी र मालिका गाविसका बासिन्दाले आज दैलेख सदरमुकाममा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

जिल्ला प्राविधिक समितिले पठाएको ११ वटा स्थानीय तह समेटिएको प्रतिवेदनमा कालभैरव, गौरी र मालिका अलवा गमौडी गाविस समेतलाई दुल्लु नगरपालिकामा राखिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

कालभैरव, गौरी र मालिका अलवा गमौडी गाविस समेतलाई गाभेर ज्वालामालिका गाउँपालिका बनाइनु पर्ने उनीहरुको माग छ । असन्तुष्ट पक्षले गत मंसिर २ गतेदेखि नै गाविस कार्यालयमा तालाबन्दी र विद्यालय समेत बन्द गराउदै आएका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीले आन्दोलनरत पक्षलाई आज बिहान ११ बजे छलफलका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...