Loading...

एकलौटि संबिधान संसोधन प्रस्ताव लैजाने सत्तारुढ दलको निर्णय

काठमाडौ ८ मंसिर ।
मधेशी मोर्चाको माग सम्बोधनका लागि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव अघि बढाउने भएका छन् । प्रतिपक्षी दल एमालेले असहमति जनाएपनि सत्तारुढ दलले एकलौटी संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् ।

मोर्चासहितको संघिय गठबन्धमा आवद्ध दलहरुसँग आज बिहान भएको छलफलपछि सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रले दलीय सहमति नजुटेपनि संविधान संशोधन प्रक्रियालाई अघि बढाउने निर्णय गरेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान झन्डै साढे दुई घण्टा भएको छलफलमा कांग्रेस र माओवादी केन्द्रले सिमांकन, नागरिकता, राष्ट्रिय सभा र भाषाका विषयमा संशोधन प्रस्ताव लैजाने निष्कर्ष निकालेका छन् ।

बैठपछि सन्चारकर्मीसँगको कुराकानीमा माओवादी केन्द्रका नेता वर्षामान पुनले सत्तारुढ दलहरुबीच अहिलेसम्म भएको छलफललाई आधार मानेर संशोधान प्रस्ताव मस्यौदा तयार पार्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...