Loading...

विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति आज बारा जाँदै

काठमाडौ ८ मंसिर ।  

राष्ट्रपति विद्या भण्डारी आज दिउँसो बारा जाँदै हुनुहन्छ । बारको बरियारपुरस्थित प्रसिद्ध शक्तिपीठमा पूजा अर्चनाका लागि उहाँ आज दिउँसो एक बजेपछि त्यसतर्फ जान लाग्नु भएको हो ।

राष्ट्रपति भण्डारीको सवारीलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो । गढीमाई मन्दिर वरपर दुई दिनदेखि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रपतिको स्वागत तथा अभिनन्दनका लागि बरियारपुरवासी, गढीमाई ट्रष्ट र सम्पूर्ण राजनीतिक दलहरुबाट तयारी गरिएको ट्रष्टका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो ।

गढीमाईको पूजा सकेपछि उहाँ वीरगन्जमा बास बस्ने कार्यक्रम छ भने भोली बिहानै पाँच बजे वीरगन्जमा आयोजना हुने योग गुरु रामदेव सहभागी पाँच दिने योग शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, उहाँले भोली नै बाराको प्रसौनीस्थित साढे एक वर्षअघि स्थापित पतञ्जली ग्रामो उद्योगको उद्घाटन समेत गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ । करिब १० हजार नेपालीलाई रोजगार दिने गरी सो उद्योग स्थापना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...