Loading...

सुदुरपश्चिमका केहि जिल्लामा विद्युत सेवा अवरुद्ध

काठमान्डौ मंसिर ८।  

कैलाली सहित सुदुर पश्चिमका ६ जिल्लामा आज पनि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिड अन्तर्गत १ सय ३२ केभिएको लाइन बिस्तार गर्ने काम भइरहेकाले आज पनि सो जिल्लामा विद्युत सेवा अवरुद्ध भएका हो ।

विद्युत लाइन बिस्तारको काम हिजो नसकिएकाले हिजो दिनभर सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम र बैतडीमा विद्युत सेवा अवरुद्ध भएको थियो ।

लम्की शवस्टेसनमा हिजो लाइन बिस्तारको काम नसकिएको र आज पनि काम जारी रहेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिडले जनाएको छ ।

विद्युत् लाइन बिस्तारको काम आज सकिने भएकाले भोली देखि नियमित रुपमा विद्युत सेवा उपलब्ध हुने अत्तरिया ग्रिडले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...