Loading...

पुर्वेली लोकगितमै डेब्यु गर्नु पाउदा आनन्द लागेको छ : सिजन राई, मोडेल

मोडलिङ दुनियाँमा को आउँछ को जान्छ त्यो ठूलो कुरा हैन को टिक्छ भन्ने ठुलो कुरा हो । अहिले हजारौं यो लाइनमा बर्षौ देखि संघर्षरत छन भने बर्सेनि हजारौं पलायन भै रहेको छन ।

कसैको यो लाईनमा लागेर घरबारविहीन भएका छन भने कोहि रातारात स्टार भएका छन । यसै क्रममा धनकुटा खोकु ९ मा २०४७ फागुन ५ गते लोकबहादुर राई र कृष्णकुमारी राइको कोख बाट जन्म लिएका सिजन राइले यहि मोडलिङमा लाइनमा पाइला टेकेका छन ।

लामो समय देखि मोडलिङ लाई नजिक देखि अध्यन र बुझ्ने कोशिश गरेका राइले राज राई र सुनिता राईको स्वरमा सजिएको फेशबुक खोले बाट प्रहिलो डेब्यु गरेका छन । उनले हामी सङ्ग कुराकानी गर्दै भने ” मेरो पहिलो प्रयास हो यसबाट साथी सङ्गी बाट सकारात्मक प्रतिक्रिया पाउदैछु । अब छिट्टै अन्य भिडियो हरुमा आफ्नो कमिकमजोरिलाई सुधारेर आउनेछु ।

उनले भने पहिलो अभिनय पुर्वेली लोकगितमै डेब्यु गर्नु पाउदा आनन्द लागेको तर क्यामेराको अगाडि नर्भस भएको कारण सोचे जस्तो खुल्न नसकेको बताए । अबको दिनमा खुलेर मेरो कला सबैलाई प्रस्तुत गर्ने जमर्को गर्नेछु मुसुक्क हास्दै थपे ।

यसमा तपाइको प्रतिक्रिया

Loading...