Loading...

झापाको लखनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमााडै ८ मंसिर ।  

पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको लखनपुर–१ सीतापुरीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एक जना गम्भिर घाइते भएका छन् ।

मे ३ प ७६३६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे २ प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २५ वर्षीय सचिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राईको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अर्का मोटरसाइकलका चालक लखनपुर–५ का सुरेस माझी गम्भीर घाइते भएका छन् ।

माझीको विराटनगरस्थित न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...