Loading...

सांसदहरुको सेवा सुविधा वृद्धिको विरोधमा विद्यार्थी संगठनले आज विरोध सभा गर्दै

काठमाडौ ८ मंसिर ।  

अस्वभाविक रुपमा सांसदहरुको सेवा सुविधा वृद्धि गरेको विरोधमा संयुक्त विधार्थी संगठनले आज राजधानमिा विरोध सभा गर्ने तयारी गरेको छ ।

विनाशकारी भूकम्प गएको डेढ वर्ष वितिसक्दा पनि पिडितलाई सहयोग गर्नुको सट्टा आफ्नै सेवा सुविधामा भारी वृद्धि गरेको भन्दै विभिन्न दल समर्थित १३ विद्यार्थी संगठनले आन्दोनलनको घोषणा गरेको हुन् ।

पहिलो चरण अन्तरगत आज अपरान्न ३ बजे राजधानीको शान्तिवाटिकामा विरोध सभा गर्न लागेको अनेरास्ववियुका अध्यक्ष नविना लामाले जानकारी दिनुभयो ।

यस्तै सभामुख ओनसरी घर्ती रुसबाट फर्किए लगत्तै ज्ञापन पत्र बुझाउने तयारी समेत भएके छ । सेवा सुविधा वृद्धिको निर्णय खारेज नगरिएको थप शसक्र आन्दोलनमा जाने लामाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...