Loading...

अनुलोम विलोम पछि अब नेपालमा व्यापार बढाउने रामदेवको तयारी !

काठमाण्डौं मंसीर ८ । भारतीय योग गुरु रामदेवले शुरुमा नेपाली नेता मन्त्री देखि सारा मान्छेलाई अनुलोम विलोम, कपाल भाती र भास्त्रीका सिकाए । उनले कुनै पनि रोगको निदान योगद्धारा गर्न सक्ने शिक्षा दिए ।  त्यस पछि उनले पतञ्जली आयुर्वेदिक विभिन्न औषधीहरु बेच्दै आएका थिए ।
तर अहिले युनिलिभर जस्तो बहुराष्ट्रिय कम्पनीलाई नै पहिलो पटक चूनौती दिएका राम देवले सेम्पु, साबुन, मञ्जन जस्ता सबै क्षेत्रको सामान उत्पादन गरी ठूलो मात्रामा भारतीय मिडियामा विज्ञापन गरीरहेका छन् ।

अब तीनै राम देवले नेपालमा एक खर्ब लगानी गर्ने भएका छन् ।  यदी उनले यसरी लगानी गरेर , सावुन, सेम्पु, तेल , औषधी जस्ता सामाग्रीको बजारीकरण गरेमा नेपालमा युनिलिभर र डाबर जस्ता कम्पनीहरुले ठूलो चूनौती उठाउनु पर्ने छ ।  अहिले सम्म युनिलिभिर र डावरले यस्तो बजारमा रजाई गर्दै आएका छन् ।

बाराको प्रसौनीमा उनले यस अघि नै आयुर्वेदिक उद्योग खोलीसकेका छन् करीब एक अर्ब भारुमा । तर अब उनले एक खर्ब भारु अर्थात डेढ अर्व भन्दा बढी रकम लगानी गर्ने घोषणा बीरगञ्जबाट गरेका छन् । उनी योग प्रशिक्षणका लागि बीरगञ्जमा आएका छन् । रामदेवको यो घोषणा र व्यापारीक कारोबारको सिग्नलबाट भारत र नेपालका बहुराष्ट्रिय कम्पनीहरु चिन्तित हुन थालेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...