Loading...

संविधान संशोधनको मस्यौदामाथि प्रधानमन्त्रीले मोर्चासँग थप छलफल गदै

काठमाडौ ८ मंसिर ।
मधेशी मोर्चाको माग सम्बोधनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मोर्चा आवद्ध दलका शिर्ष नेताहरुसँग छलफल गर्दै हुनुहन्छ ।

विहान ९ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा संसदमा दर्ता गराउने तयारीमा रहेको संविधान संशोधनको मस्यौदामाथि कुराकानी हुने जनाइएको छ । मोर्चासँग सहमति जुटे आजै संशोधन प्रस्ताव अघि बढाउने सरकारी तयारी छ ।

मोर्चाका केही नेताहरुले भने आफूहरुसँग सहमति नगरी ल्याइने संशोधन प्रस्ताव तयार पारेको भन्दै असन्तुष्टी जनाउदै आएका छन् । संशोधन प्रस्तावको मस्यौदामा मोर्चा तयार नभए एकतर्फी रुपमा भएपनि अघि बढ्ने सत्तारुढ दलले तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यसअघि नै संविधान संशोधनको कुनै औचित्य नभएको भन्दै कांग्रेस र माओवादीले ल्याएको संशोधन प्रस्तावको मस्यौदा अस्वीकार गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...