Loading...

पूर्व एआईजी विरुद्ध झण्डै २ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारद्धारा मुद्धा दायर

मंसीर ७ काठमाण्डौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले सार्वजनिक पदमा रहँदा १ करोड ९१ लाख ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको उल्लेख गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । भट्टराई नया शक्ति नेपालका केन्द्रीइ सदस्इ समेत रहेका छन् ।

अख्तियारले अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐनबमोजिम अकुत आर्जनलाई बिगो कायम गरी भट्टराईलाई जरिवाना र कैद सजाय गर्न मागदाबी गरेको छ । भ्रष्टाचार मुद्दामा भट्टराईकी पत्नी भावना गौतम भट्टराईलाई समेत प्रतिवादी कायम गरिएको छ ।

सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् भट्टराईले आफ्नो तथा परिवारका सदस्यहरूका नाममा खरिद एवं लगानी गरेको चल–अचल सम्पत्ति छानबिन गर्दा कमाएको वैध आयको तुलनामा १ करोड ९१ लाख ३६ हजार रुपैयाँ पदीय जिम्मेवारी दुरुपयोग एवं भ्रष्टाचार गरी आर्जन गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...