Loading...

भारत पाकिस्तान सिमा क्षेत्रमा भएको भीडन्तमा ३ भारतीय सैनिकको मृत्यु

मंसीर ७ काठमाण्डौं । भारत र पाकिस्तानबीच कास्मीर नियन्त्रण रेखामा दोहोरो गोली हानाहान जारी रहदा ३ भारतीय सेनाको मृत्यु भएको छ ।

पिटीआईका अनुसार मारिएका भारतीय सेना मध्य एक जनाको शब क्षत विक्षत भएको छ ।

भारतीय सैनिक अधिकारीले माछिल सेक्टरमा भएको भीडन्त र क्षतिको बारेमा रक्षा मन्त्री मनोहर परिकरलाई अवगत गराएको बताएका छन् ।

भारतीय रक्षा मन्त्री परकरले पाकिस्तान विरुद्ध कडा जवाफ दिन निर्देशन दिएका छन् । अहिले पनि गोली हानाहान चलिरहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...