Loading...

फेरी जुर्मुराउदै डा. केसीका समर्थकहरु

काठमाण्डौ मंसिर ७ । डा. गोविन्द केसीका समर्थकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गर्ने भएका छन् । सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीका अनुसार बुधबार मध्यान्ह १२ बजे त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ र प्रदर्शन गर्न लागिएको हो ।

आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने लगायतका मागहरु राखेर डा. केसी अनसनमा बसेका छन् । त्रिभुवन विश्वविद्यालयले डा. केपी सिंहलाई डिन नियुक्त गरे पनि डा. केसीले वरिष्ठताको आधारमा नियुक्त नगरिएको भन्दै अनसन जारी राखेका छन् । केसिको स्वास्थ्य विग्रिँदै गए पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको केसीका समर्थकहरुको आरोप रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...