Loading...

आदिवासी जनजाति महासंघको महाधिवेशन फेरि सर्यो

काठमाण्डौ मंसिर ७ । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन फेरि सरेको छ ।

यसअघि तीन पटक मिति तोकिँदै रोकिएको महाधिवेशन यसपटक भने एक साता पछि सर्नुमा जातीय संगठनहरुको आग्रह हो भनेर नेतृत्वले प्रष्टिकरण दिएको छ । महासंघको महाधिवेशन मंसिर २५ देखि २७ सम्म चितवनमा तोकिएको थियो । तर अब पुस २ देखि ४ सम्म चितवनमै हुनेछ ।

मंसिर अन्तिम साता विभिन्न जातीय संगठनहरुका राष्ट्रियस्तरका कार्यक्रम परेकाले उनीहरुको आग्रहमा एक साता पर सारिएको महासंघका महासचिव पेम्बा भोटेले बताउनु भयो । मंसिर ३ गते महासंघले महाधिवेशनका सन्दर्भमा ५६ वटै जातीय संगठनहरुको राष्ट्रिय भेला आयोजना गरेको थियो ।  भेलाको आग्रह बमोजिम महाधिवेशन एक साता पर सारिएकाले यसलाई गलत ढंगले व्याख्या गर्न नहुने भोटेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...