Loading...

असन्तुष्ट दल र प्रतिपक्षीसमेतलाई साथमा लिएर तीनै तहको निर्वाचन सम्पन्न गर्ने :दाहाल

ताप्लेजुङ मंसिर ७ । प्रधानमन्त्री प्रचण्डले संविधानप्रति असन्तुष्टि राख्ने दल र प्रतिपक्षीसमेतलाई साथमा लिएर तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताउनु भएको छ । ताप्लेजुङमा आजबाट सुरु भएको कञ्चनजंघा हिरक महोत्सवको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिलेको चुनौति भनेको नै संविधान कार्यन्वयन हो, त्यसैले यसलाई सम्पन्न गर्न सबै दललाई एक ठाउँमा ल्याउन मेरो प्रयास जारी छ ।’

संविधानप्रति असन्तुष्ट दलहरुको मागलाई औचित्यपूर्ण तरवमा संवोधन गर्ने र प्रतिपक्षी दलसँग पनि सहकार्य गर्दै संविधान कार्यन्वयन गर्ने सरकारको लक्ष्य रहेकाले यो चुनौतिको घडिमा सबै दल एक ठाउँमा आउनेमा आफु आशावादी रहेको प्रधानमन्त्रीको भनाई छ । महाविनाशकारी भूकम्प गएको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनि सबैले संकटको सामना गरेको र अहिलेको अवस्थामा पनि त्यस्तै सहकार्यको जरुरी रहेको दाहालले बताउनुभयो ।

एक फरक प्रसंगमा बोल्दै प्रधानमन्त्रीले ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत जोड्ने सडक खोल्न कुटनीतिक पहल गर्ने उहाँको भनाई छ ।

यसैविच आजै प्रधानमन्त्री पुष्पकमल दाहालले देश विकासमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।
देश विकासको साँचो युवा–विद्यार्थीको हातमा रहेको भन्दै प्रधानमन्त्री दाहालले आफूहरु क्रमशः जीवनको उत्तरार्धतिर लम्केकाले युवा–विद्यार्थीलाई आफूले आर्जन गरेको सीप देश विकासमा लगाउन आह्वान गर्नु भयो । काभ्रेको धुलिखेलमा आज काठमाडौं विश्वविद्यालयको २२औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो ‘देश विकासको मूलआधार शिक्षा भएकाले शिक्षित जनशक्ति नै देश विकासको आधार हुन् ।

शिक्षाको उद्देश्य जनताको जीवनस्तर सुधार्ने हुनुपर्ने भन्दै  दाहालले दुःख र पीडामा परेकाहरुप्रति विश्वास जगाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । दीक्षान्त समारोहमा १३ सय ७७ विद्यार्थी दीक्षित गरिएका छन् । जसमा एक सयजना विदेशी विद्यार्थी छन् । दीक्षित हुनेमा एमबीबीएस, बीडीएस, बीएससी नर्सिंङ, बीएनएस, बीपीटीका विद्यार्थीहरु छन् । एमबीबीएसतर्फ ८२ दशमलव ८१ प्रतिशत अंक ल्याएर उत्कृष्ट बनेकी लुम्बिनी मेडिकल कलेज पाल्पाकी प्रनिता राजभण्डारीलाई भाइस चान्सलर स्वर्णपदकबाट पुरस्कृत समेत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...