Loading...

सांसदलाई तलव भत्ता वृद्धिको विरुद्ध विद्यार्थीहरुले सयुक्त आन्दोलन गर्ने

मंसीर ७ काठमाण्डौं । सांसदको सेवा सुविधा र तलव दोव्वर वृद्धि गर्ने निर्णयको चौतर्फी आलोचना भईरहेका बेला सयुक्त संगठनहरुले त्यसलाई फिर्ता गर्न माग गर्दै आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियुको कार्यलय बागबजारमा बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले जानकरी दिनु भयो ।

यसमा काग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकरी, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी लगायत संगठन रहेका छन् । यसको विरोधमा विद्यार्थीहरुले भोली दिउसो ३ बजे शान्ति बाटीकामा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...