Loading...

असन्तुष्ठ पक्षको माग संबोधन नभए उपलब्धी गुम्ने खतरा

काठमाण्डौ ,७ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्म प्राप्त उपलब्धि रक्षाका लागी असन्तुष्ठ पक्षलाई समेत समेटेर लैजानुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धि रक्षाका लागी राष्ट्रिय सहमती हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाले सबै दलको सहमतीमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै त्यसबाट पछि हटे प्रतिपक्षी दल एमालेलाई समेत घाटा हुने बताउनु भयो ।

संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाको भनाई छ ।

पौडेलले राष्ट्रका समस्याको टुङ्गो लगाई यथाशीघ्र स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान जानुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...