Loading...

मोर्चाको माग संबोधनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौ ,७ मंसिर ।
मधेशी मोर्चाको माग सम्बोधनका लागि गर्ने भनिएको संविधान संशोधन प्रस्ताव दर्ता गराउने सम्बन्धमा दलीय सहमति जुटाउन सरकार असफल भएपछि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सिंहदरबास्थित कांग्रेस संदीय दलको कार्यमा बस्ने बैठकले
प्रतिपक्षी एमालेले संविधान संशोधनको औचित्य पुष्टी हुन नसकेको भन्दै संशोधनको विपक्षमा उभिने निर्णय गरेपछि पार्टीको भूमिका र धारणा तय गर्ने जनाएको छ ।

पूर्व पदाधिकारीलाई समेत बोलाएको बैठकमा मधेशी मोर्चा र अन्य दलसँगको सहकार्यका बारेमा समेत छलफल हुने नेता शेखर कोइरालाले जानकारी दिनुभयो ।

बालुवाटारमा हिजो बसेको प्रमुख तीन दलका शिर्ष नेता सम्मिलित बैठकमा सहमति जुट्न नसकेपछि सरकारले केही दिन भित्रै एकलौटी रुपमा भएपनि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ ।

बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा पनि छलफल हुने जनाएको छ । महाअभियोग बारे कांग्रेसले हालसम्म अधिकारीक धारणा तय गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...