Loading...

दाङमा सवारी दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

काठमान्डौ मंसिर ७।
दाङमा भएको सवारी दुर्घटनाबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही नगरपालिका–४ भैसाहीका ४५ वर्षीय बलबहादुर चौधरी रहेका छन् ।

घोराहीबाट लमहीका लागि छुटेको ना ३ ख ७९३५ नम्बरको बसले गोग्लीमा ठक्कर दिँदा साइकल यात्री चौधरीको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...