Loading...

कांग्रेसले सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्छ ः डा.कोइरालाले

काठमान्डौ, मंसिर ७ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमाले र मधेस केन्द्रित दललाई एक ठाउँमा ल्याउनका लागि पहिले कांग्रेस एक ढिक्का हुने पर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन, दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले यस्तो बताउनु भएको हो ।

सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने क्षमता कांग्रेसमा भएको बताउदै डा कोइरालाले त्यसको भूमिका सभापति शेरबहादुर देउवाले खेल्नु पर्ने बताउनु भयो ।

डा. कोइरालाले देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको धारणा राख्नु भयो ।

मुलुकको हरेक परिवर्तनमा कांग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने उल्लेख गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...