Loading...

सहमति बिना संविधान संशोधन गरे अनेरास्ववियुले आन्दोलन गर्ने

काठमाडौं, मंसिर ७ ।
प्रमुख प्रतिपक्षी एमाले निकट भ्रातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले सत्तापक्षले सहमति बिना संविधान संशोधन गरे आफूहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एमाले निकट भ्रातृ संगठनले आज विहान राजधानीमा पत्रकार सम्मेलन गरी सत्तापक्षलाई यस्तो चेतावनी दिएका हुन् ।

सत्तापक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रतिपक्ष एमालेको सहमति बिना पनि संविधान संशोधन गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियू र युवा संघ नेपालले त्यसको विरोध गरेका हुन् ।

उनीहरुले प्रतिपक्षको सहमति बिना जबरजस्ती संविधान संशोधन गरे कडा प्रतिवाद गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । एमालले मधेसी मोर्चाका माग संबोधन हुने गरी सरकारले प्रस्ताव गरेको संविधान संशोधनमा असहमति जनाउँदै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आहवानमा संविधान संशोधन गर्ने बारेमा सहमति जुटाउन हिजो साँझ बालुवाटरमा बसेको बैठकमा एमाले नेताहरु संविधान संशोधन गर्न नहुने भन्दै बालुवाटारबाट बाहिरीएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...