Loading...

सुरुङ्गा गोल्डकपमा मनाङ मस्र्याङ्दी र संकटा क्लव काठमान्डौ भिडदै

काठमाडौ ७ मंसिर ।
झापामा जारी सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र संकटा क्लव काठमान्डौ विच प्रतिस्पर्धा हुदै छ ।

खेल झापाको सुरुंगास्थित कन्काई उच्च माविको मैदानमा अपरान्ह तीन बजे पछि हुनेछ । आजको यस खेल सँगै प्रतियोगिताको सेमिफाइन समिकरण पुरा हुनेछ ।

यसअघि हिजो भएको खलेमा झापा ११लाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले घरेलु टोली झापा ११ लाई ट्राइब्रेकरमा ५–४ ले हराएको हो ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसके पछि अतिरिक्त समयको खेल नखेलाई खेलको निर्णय टाइबे्रकरबाट लिइएको हो । टाई ब्रकेरमा एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र पासाङ लामाले गोल गरे ।

झापाका योगेश गुरुङ, रवी थापा मगर, दिलेन लोक्तान र रञ्जित श्रेष्ठले गोल गर्दा देवेन्द्र तामाङ गोल गर्नबाट चुकेका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका रञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...