Loading...

राजधानीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, मंसिर ७ ।
राजधानीको पेप्सीकोलामा आज बिहान बोलेरो गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पेप्सीकोला बस्ने अन्दाजी ३५ वर्षीया अन्जना थापा रहेकी छिन् ।

पेप्सीकोलामा आज विहान सवा ६ बजे तिर बा ८ च ४८१४ नम्बरकोे बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्री थापाको मृत्यु प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको भएको हो ।
गाडी चालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...